काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल वाम एकता सम्भव नरहेको बताउनुभएको छ ।
सुर्खेतमा आज आयोजति पत्रकार भेटघाट कार्यक्रममा उहाँले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल हुने हल्लामा कुनै सत्यता नरहेको बताउनुभयो ।
अध्यक्ष नेपालले एमालेसँग वाम एकता या चुनावी तालमेलको कुनै पनि सम्भावना नरहेको बताउनुभयो । अहंकारी र षड्यन्त्रकारीहरूले वर्तमान वाम लोकतान्त्रकि गठबन्धन तोड्न अनेक खाले भ्रमहरु फैलाइरहेको उहाँको दाबी छ ।
स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले गर्वलायक सफलता प्राप्त गरेको र कतपिय पालिकामा चुनाव चिह्नको अस्पष्टताले गर्दा सटि गुमाउनुपरेको उहाँको भनाइ थियो ।