Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

यू–१९ विश्वकप छनोट : नेपालको विजयी सुरुवात

यू–१९ विश्वकप छनोट : नेपालको विजयी सुरुवात

  • शुक्रवार, जेठ २० २०७९

  • 553
    SHARES

  • यू–१९  विश्वकप छनोट : नेपालको विजयी सुरुवात

    काठमाडौं । नेपाली महिला टोलीको घातक बलिङमा आईसीसी यू–१९ महिला टी–२० विश्वकप एशिया छनोटमा महिला टोलीले विजयी सुरुवात गरेको छ। एशिया छनोटको पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गर्दै नेपालले सानदार विजयी हात पारेको हो। नेपालले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको कतार १५ ओभर ४ बलमा ओभरमा ३८ रन जोड्दा अलआउट भयो।

    कतारलाई कम स्कोरमा रोक्न नेपालका सृष्टि जैसी एक्लैले ३ विकेट लिइन्। स्नेहा मगर, कृतिका मरासीनी र अनु कठायतले समान २ विकेट लिए। कतारका लागि ओपनर साची ढड्वाल र श्रुतिबेन कमलेशभाइ रानाले समान १४ रन जोडे। दुई ब्याटरले १ रन बनाएको कतारका लागि अन्य ब्याटरले खाता खोल्न सकेनन्।

    त्यसअघि शुक्रबार मलेसियाको क्वालालाम्पुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय १७ रनको योगफल तयार पारेको थियो। नेपालका लागि आश्मा पुलामी मगर ३२ र सृष्टि जैसी २३ रनमा नटआउट रहे। सानु राजवंशी २१ रन जोड्दा रनआउट भइन्। अञ्जली विश्वकर्माले ११ र किरण कुमारी कुँवरले १ रन थपे।

    कतारका लागि साँची ढड्वाल र एलिना खानले समान एक विकेट झारे। दोस्रो खेलमा नेपालले शनिबार यूएईसँग खेल्नेछ। एसिया छनोटअन्तर्गत ६ टोलीमध्ये शीर्षस्थानमा रहने टोली दक्षिण अफ्रिकामा हुने पहिलो यू–१९ महिला टी–२० विश्वपको लागि छनोट हुनेछ।


    शुक्रवार, जेठ २० २०७९११:२६:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij