एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट विश्वभर २ करोड २३ लाख ३४ हजार ७ सय ५२ जना संक्रमित छन् भने ७ लाख ८४ हजार ८ सय ७५ जनाको मृत्यु भएको छ ।
त्यस्तै, १ करोड ५० लाख ७० हजार ३ सय १४ संक्रमित निको भएर घर फर्किसकेका छन् ।
कोरोनाबाट सबैभन्दा धेरै संक्रमित रहेको अमेरिकामा अहिलेसम्म ५४ लाख ८० हजार संक्रमित भएका छन् भने एक लाख ७१ हजारभन्दा बढीको मृत्यु भएको छ ।
अमेरिकापछि दोस्रो धेरै प्रभावित ब्राजिलमा अहिलेसम्म कुल ३३ लाख ५९ हजार सङ्क्रमित भएका छन् ।
तीमध्ये १ लाख ८ हजार ५३६ जनाको मृत्यु भएको छ । विश्वभरी दैनिक सङ्क्रमितको संख्या बढ्दै गएको छ भने मृत्यु हुनेको संख्या पनि बृद्धि हुँदै गएको छ ।
दक्षिण एसियामा भारतमा सबैभन्दा बढी व्यक्ति संक्रमित भएका छन् ।
पछिल्लो विवरणअनुसार भारतमा करिब २७ लाख ६९ हजार संक्रमित भएका छन् भने तीमध्ये ५३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।