Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेस-जसपाको गठबन्धन विराटनगर कार्यपालिकामा पनि हार्‍यो 

कांग्रेस-जसपाको गठबन्धन विराटनगर कार्यपालिकामा पनि हार्‍यो 

  • शनिवार, जेठ २१ २०७९

  • 1.4K
    SHARES

  • कांग्रेस-जसपाको गठबन्धन विराटनगर कार्यपालिकामा पनि हार्‍यो 
    काठमाडौं । विराटनगर महानगरपालिकाको कार्यपालिका निर्वाचनमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)को गठबन्धन पराजित भएको छ। यो गठबन्धनलाई हराउँदै एमाले र स्वतन्त्र उम्मेदवारहरू कार्यपालिकामा निर्वाचित भएका छन्। 
     
    कांग्रेस नेता शेखर कोइरालाको गृहनगर विराटनगरमा जसपासँग गठबन्धन गर्दा नगर परिषद्मा बहुमतमा रहेको कांग्रेस निर्वाचनमा पराजित भएको छ। यसअघि कोइरालाकै क्षेत्रमा रहेको बुढिगंगा गाउँपालिकामा बहुमत हुँदाहुँदै कांग्रेस उम्मेदवारहरू पराजित भएका थिए। 
     
    महानगरको नगर परिषद्मा एमालेसँग उपमेयरसहित ४३ जना जनप्रतिनिधि हुँदा काँग्रेससँग मेयरसहित ४० जना थिए। जसपाका १० जना जनप्रतिनिधि हुँदा स्वतन्त्र ३ र राप्रपाका १ जना थिए।
     
    शनिबार भएको कार्यपालिका चुनावमा काँग्रेस-जसपा गठबन्धनसँग ५० मत थियो भने एमालेले स्वतन्त्र र राप्रपासँग गठबन्धन गर्दा पनि ४७ मत मात्रै थियो। तर जसपा र कांग्रेसका केही जनप्रतिनिधिले एमाले उम्मेदवारलाई मत दिँदा कांग्रेस र जसपा कार्यपालिकामा निर्वाचित हुन विफल भएका हुन्। कांग्रेसका धेरै उम्मेदवारले आफ्नै दलका सबैको मत नपाएको देखिएको छ। 
     


    शनिवार, जेठ २१ २०७९०४:१९:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij