Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

वार्डेनमाथि यौन दुर्व्यवहारको आरोप, प्रिन्सिपल प्रहरी नियन्त्रणमा

वार्डेनमाथि यौन दुर्व्यवहारको आरोप, प्रिन्सिपल प्रहरी नियन्त्रणमा

  • शनिवार, जेठ २१ २०७९

  • 541
    SHARES

  • वार्डेनमाथि यौन दुर्व्यवहारको आरोप, प्रिन्सिपल प्रहरी नियन्त्रणमा
    काठमाडौं । काठमाडौं जोरपाटीको सर्वनाम शिक्षालयका छात्राहरूले होस्टल वार्डेन रामजी बस्नेतले यौन दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।
     
    छात्राहरूले यौन दुर्व्यवहारको घटनाबारे अभिभावकलाई जानकारी गराएपछि शनिबार अभिभावकहरू होस्टल पुगेका थिए । उनीहरूले होस्टलमा नाराबाजी गर्नुका साथै घटनाको अनुसन्धान र दोषीलाई कारबाहीको माग गरेका छन् ।
     
    घटनाबारे जानकारी लिन खोज्दा प्रिन्सिपल दुर्गानाथ सिवाकोटीले दुर्व्यवहार गरेको भन्दै अभिभावक आक्रोशित भएका छन् ।
     
    महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी ढुण्डिराज न्यौपानेले आरोपित होस्टल वार्डेन फरार रहेको बताउनुभयो । प्रहरीले सर्वनाम शिक्षालयका प्रिन्सिपल सिवाकोटी र उनकी पत्नीलाई नियन्त्रणमा लिएको छ ।
     
    घटनाको विषयमा सोधपुछ गर्न उनीहरूलाई नियन्त्रणमा लिएको न्यौपानेले बताउनुभयो ।  ‘विद्यार्थीहरूले घटनाबारे जेठ १९ गते नै जानकारी गराएका रहेछन्, तर उहाँले केही गर्नुभएन भन्ने अभिभावकको गुनासो छ, हामीले सोधपुछका लागि नियन्त्रणमा लिएका हौँ’ उहाँले भन्नुभयो।
     
    यौन दुर्व्यवहारको विषयमा जाहेरी दिन अभिभावकहरू पनि प्रहरी वृत्त बौद्धमा पुगेका छन् ।
     


    शनिवार, जेठ २१ २०७९०४:५२:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij