काठमाडौं । नेकपा एमालेकी सचिव पद्मा अर्यालले देशमा अस्थिरता ल्याउने कुरामा विश्वास नगर्ने बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्क–एनआरएन को कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सचिव अर्यालले यस्तो बताउनुभएको हो ।
उहाँले एमालले एक्लै पनि चुनाव लड्न सक्षम रहेको उल्लेख गर्दै गठबन्धनकै लागि कसैलाई अनुनय विनयनगर्ने प्रष्ट पार्नुभयो ।
‘एमाले एक्लै चुनाव लड्न सक्षम छ, कसैलाई गठबन्धनका लागि अनुरोध गर्दैन पनि तर कोही चुनावमा मिलेर अगाडि बढौँ भनेर सकारात्मक भावनाका साथ आउँछन् भने त्यसबारे छलफल गरिएला’, सचिव अर्यालले भन्नुभयो ।