Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओलीको भक्तिगान नगाए सीधै अनुशासनको डण्डा !

ओलीको भक्तिगान नगाए सीधै अनुशासनको डण्डा !

  • आइतवार, जेठ २२ २०७९

  • 953
    SHARES

  • ओलीको भक्तिगान नगाए सीधै अनुशासनको डण्डा !

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेता घनश्याम भुसालमाथि अनुशासनको डण्डा बर्साएसँगै पार्टीभित्र हलचल देखिएको छ ।

    लामो समयदेखि अध्यक्ष केपी शर्मा ओलीको गलत प्रवृत्तिकाविरुद्ध आवाज उठाउँदै आएका भुसाललाई पार्टीको अनुशासन भन्दा बाहिर गएको भन्दै कारबाहीका लागि सिफारिस गरिएको हो ।

    अनुशासन आयोगका अध्यक्ष समेत रहेका केशव बडालले आफै बसेको घर जलाएर खरानी लगाउँदै हिँड्न कसैलाई छुट नभएको भन्दै कारबाहीका लागि सिफारिस गरिएको बताउनुभयो । 
     
    एमाले नेता भुसालले आखिर पार्टीको हित विपरीत के बोले भन्ने चाँसोको विषय बनेको छ । उहाँले एमालेको सिद्धान्त र कार्यदीशाबाट विचलित ओलीको प्रयोग फेल भइसकेको बताउनुभएको थियो । 
     
    उसो त एमालेभित्र नेतृत्वको गलत प्रवृत्तिका विरुद्ध बेलाबखत आवाज उठ्दै आएका छन् । करिब ११ वर्षअघि तत्कालीन प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष झलनाथ खनालकाविरुद्ध ओली निकै खनिनुभएको थियो । 
     
    यतिमात्र होइन आफ्नै सरकार ढाल्नका निम्ति ओलीले हरदम प्रयास गरेको आरोप लाग्ने गरेको छ । त्यतिबेला पार्टीले उहाँलाई अनुशासनको कारबाही भने गरेन । 
     
    लोकतान्त्रिक विधि र पद्धतीमा चलेका दलहरूमा आलोचना सामान्य हुने भएपनि एमालेको पछिल्लो गतिविधिले पार्टीभित्रकै नेता कार्यकर्ताहरू निराश बन्दै गएका छन् । सिङ्गो राष्ट्रको प्रतिनिधित्व गर्ने दल, लोकतन्त्र, संविधानको रक्षामा उभिएको दलले पार्टीलाई विशाल बनाएर लैजानुको सट्टा उल्टै गलत अभ्यास भइरहेको एमालेका नेता डा. भीम रावलको भनाइ छ ।  
     
    पार्टीको आन्तरिक विषयलाई बाहिर ल्याएर निश्चित व्यक्तिमाथि प्रतिशोध साधिएको भन्दै नेतृत्वको आलोचना सुरु भएको छ । 
     


    आइतवार, जेठ २२ २०७९०८:२२:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij