Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सोमबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची यस्तो छ !

सोमबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची यस्तो छ !

  • आइतवार, जेठ २२ २०७९

  • 658
    SHARES

  • सोमबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची यस्तो छ !
    काठमाडौं । संघीय संसद सचिवालयले सोमबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सोमबार ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।
     
    संघीय संसदका महासचिव डा भरतराज गौतमका अनुसार सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्ने र कानुन मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको छ ।
     
    यस्तै मन्त्रालयगत विनियोजन विधेयकमाथि पनि छलफल हुने संसद सचिवालयले जनाएको छ । 


    आइतवार, जेठ २२ २०७९०८:३६:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij