काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारबाही गर्ने अनुशासन आयोगको निर्णयलाई एमाले नेता भीम रावलले 'उल्टो बाटो'को संज्ञा दिनुभएको छ । यसले झन पराजय गराउने रावलको टिप्पणी छ ।
उहाँले कमजोरीको संस्थागत रुपमा गम्भीर समीक्षा गरी बाटो तय गर्नुपर्ने बताउनुभएको हो ।
‘कमजोरीको संस्थागत रूपमा गम्भीर समीक्षा गरी बाटो तय गर्नुपर्छ । यसो नगरी उल्टो बाटो हिँड्दा झन पराजय हुनसक्छ,’ रावलले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
देश, जनता र पार्टीलाई एकताबद्ध र बलियो बनाइ राष्ट्रिय स्वाधीनता, स्वाभिमान एवं संविधान, सिद्धान्त र लोकतन्त्रको रक्षा गर्नु आजको आवश्यकता रहेको रावलको भनाइ छ ।