Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कैलालीमा बाघको आक्रमणबाट एक जना घाइते 

कैलालीमा बाघको आक्रमणबाट एक जना घाइते 

  • सोमवार, जेठ २३ २०७९

  • 885
    SHARES

  • कैलालीमा बाघको आक्रमणबाट एक जना घाइते 
    काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिकामा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । वडा नम्बर–८ लठुवाकी ५४ वर्षीया विष्णा बोहोरा बाघको आक्रमणबाट घाइते हुनुभएको हो । उहाँको मुख, हात र टाउकोमा बाघले आक्रमण गरेको छ । 
     
    सोमबार बिहान लठुवा सामुदायिक वनमा घाँस काट्ने क्रममा उहाँलाई बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय सुखडका डीएसपी लक्ष्मणबहादुर शाहीले बताउनुभयो । बोहराको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । आक्रमण गर्ने बाघ पनि घाइते भएको बताइएको छ । 
     
    घाइते बाघको उद्धारका लागि बर्दिया राष्ट्रिय निकुञ्जको टोलीलाई खबर गरी सकेको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ । घाइते बाघले अरूलाई आक्रमण गर्न सक्ने भएकाले लठुवा सामुदायिक वनमा मान्छेलाई जान रोक लगाइएको बताइएको छ ।


    सोमवार, जेठ २३ २०७९०३:२३:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij