Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नापीका सर्भेक्षक र अमिनमाथि भ्रष्टाचारको मुद्दा दायर

नापीका सर्भेक्षक र अमिनमाथि भ्रष्टाचारको मुद्दा दायर

  • सोमवार, जेठ २३ २०७९

  • 602
    SHARES

  • नापीका सर्भेक्षक र अमिनमाथि भ्रष्टाचारको मुद्दा दायर
    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा पक्राउ परेका नापी कार्यालय, चाबहिल १ नम्बर नापी टोली, बुढानीलकण्ठमा कार्यरत सर्भेक्षक विनोद केसी र अमिन प्रकाशराज भट्टविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
     
    अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीको अनुसार उनीहरुविरुद्ध १ लाख रुपैयाँ जरिवाना तथा कैद सजाय माग दाबी गर्दै विशेष अदालतमा मुद्दा पनि दायर गरिएको छ ।
     
    जग्गाको हालसाविक गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा खटिएको टोलीले उनीहरूलाई सेवाग्राहीबाट १ लाख रुपैयाँ लिइसकेको अवस्थामा गत चैतमा पक्रेको अख्तियारले जनाएको छ ।


    सोमवार, जेठ २३ २०७९०६:१३:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij