Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

मधुवनमा प्रदर्शनकारी र प्रहरीबीच झडप, गुलरिया-राजापुर सडकखण्ड बन्द

मधुवनमा प्रदर्शनकारी र प्रहरीबीच झडप, गुलरिया-राजापुर सडकखण्ड बन्द

  • सोमवार, जेठ २३ २०७९

  • 810
    SHARES

  • मधुवनमा प्रदर्शनकारी र प्रहरीबीच झडप, गुलरिया-राजापुर सडकखण्ड बन्द
    काठमाडौं । बाघको आक्रमणबाट मानिसको ज्यान जाने क्रम बढेपछि बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ को ओराली बजारमा स्थानीयहरूले प्रदर्शन गरिरहेका छन् । सोमबार दिउँसो प्रदर्शन रोक्न प्रहरीले रबरका गोली र अश्रुग्याँस प्रहार गरेको छ ।
     
    यस क्रममा स्थानीय राकेश थारु र कमला परियार घाइते भएका छन् । स्थानीयहरूले घाइते हुनेको संख्या अझै धेरै हुनसक्ने बताएका छन् । सोमबार बिहानैदेखि ओराली बजारमा प्रदर्शन भइरहेको छ । यस क्रममा धेरैको हताहत भएको स्थानीयले बताएका छन् । यद्यपि क्षतिको यकिन विवरण आइसकेको छैन ।
     
    १३ दिनअघि खाता जैविकमार्गको मधुवन नगरपालिका-२ मा बाख्रा चराउन गएकी ४९ वर्षीया कौशिका पाललाई बाघको आक्रमणमा मृत्यु भएको थियो । जनजागृति सामुदायिक वनमा बाघको आक्रमण भएको १३ दिनमै सोही ठाउँमा सोमबार बिहान खेत गएकी ४१ वर्षीया अस्मिता थारुलाई बाघले आक्रमण गरी गम्भीर घाइते बनायो ।
     
    निरन्तर यस क्षेत्रमा बाघको आक्रमण बढेपछि मधुवन-२ चमेली गौडी सामुदायिक वनका अध्यक्ष कालीराम थारुको नेतृत्वमा चक्काजाम गरिएको छ । चक्काजाम भएपछि गुलरिया–राजापुर सडकखण्ड बन्द भएको छ ।
     
    सरकारले वन्यजन्तु पीडितप्रति उदासीन भएको, वनका अधिकारी घटनास्थल नपुगेको भन्दै आक्रोशित हुँदै गाउँगाउँबाट मानिसहरू सडकमा टायर बाल्दै विरोध प्रदर्शन गरेका हुन्।


    सोमवार, जेठ २३ २०७९०६:२५:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij