Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बर्दियामा किशोरीको मृत्यु प्रकरण : छानबिन गर्न समिति गठन

बर्दियामा किशोरीको मृत्यु प्रकरण : छानबिन गर्न समिति गठन

  • मंगलवार, जेठ २४ २०७९

  • 790
    SHARES

  • बर्दियामा किशोरीको मृत्यु प्रकरण : छानबिन गर्न समिति गठन
    काठमाडौं । गृह मन्त्रालयले बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नं. २ मा सोमबार प्रहरीको गोलीबाट नवीना थारुको मृत्यु भएको घटनाबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ ।
     
    मन्त्रीस्तरीय निर्णयबाट गृहमन्त्री बालकृष्ण खाँणले गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गर्नुभएको हो ।
     
    समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक (सहसचिव) वेदकुमार ढकाल, नेपाल प्रहरीका उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुव खड्का सदस्य छन् ।
     
    समितिलाई काम सुरु गरेको मितिले ७ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ ।
     
    यस्तो छ घटना
    बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि सुरक्षाको माग राख्दै सोमबार दिउँसो प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको स्थानीयले बताएका छन् । 
     
    प्रहरीको गोली लागेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा कक्षा १२ मा अध्ययनरत नवीना थारु छिन् । अन्य चार जना स्थानीय घाइते भएका छन् ।
     
    Bardiya-Madhuban.jpgस्थानीयले बाटो अवरुद्ध गरेको र खुलाउने क्रममा प्रहरीमाथि ढुंगामुढा भएपछि गोली चलाउनु परेको प्रहरीको भनाइ छ । प्रहरीतर्फ हबल्दार पार्वता खड्कालगायतका घाइते भएका छन् ।
     
    मधुवन नगरपालिकाकी उपप्रमुख अनिता चौधरीका अनुसार सोमबार बिहान ८ बजेतिर खेतमा खनजोत गर्दै गर्दा स्थानीयलाई बाघले आक्रमण गरेको थियो । त्यसपछि स्थानीय होहल्ला गरेर बाघलाई धपाउन सफल भए । घाइतेलाई उपचारका लागि नेपालगञ्ज पठाइयो ।
     
    मधुवनमा पहिले पनि बाघले आक्रमण गरेकाले स्थानीयले सुरक्षाको माग राख्दै प्रदर्शन गरेका थिए । 
     


    मंगलवार, जेठ २४ २०७९११:५८:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij