Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै सांसदहरू आक्रोशित

गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै सांसदहरू आक्रोशित

पछिल्ला आपराधिक घटनाप्रति प्रष्ट पार्न माग
  • मंगलवार, जेठ २४ २०७९

  • 635
    SHARES

  • गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै सांसदहरू आक्रोशित

    काठमाडौं । बाँके, बर्दिया, अछामलगायत देशका विभिन्न भागमा भएका घटनामा गृहमन्त्री बालकृष्ण खाँणले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै सांसदहरूले आपत्ति प्रकट गरेका छन् । पछिल्ला आपराधिक घटनाप्रति गृहमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएको भन्दै प्रष्ट पार्न माग गर्दै सांसदहरू खनिएका छन् ।

    गृहमन्त्रीको जवाफपछि सांसद गंगा चौधरी सत्गौवाले प्रश्न गर्नुभयो, ‘थारु गाउँमा सरकारको लाठीभन्दा बढी गोली किन चल्छ? के थारुहरू अपराधी हुन्?’

    यस्तै, सांसद खगराज अधिकारीले गोली चलाउने आदेश नदिएरै गोली चलाइएको छ भन्ने गृहमन्त्रीको जवाफप्रति आपत्ति जनाउँदै जवाफ चित्तबुझ्दो नआएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘त्यो व्यक्ति त थाहा होला नि । के निलम्बन गरिएको छ?’ उहाँले प्रश्न गर्नुभयो । सांसद भीम रावलले केही दिनअघि अछाममा भएको एक युवक हत्या घटनामा पीडितको जाहेरीसमेत दर्ता नगरिएको भन्दै आपत्ति जनाउनुभयो ।

    यस्तै, विमला विकले गृहमन्त्री, प्रजिअलगायतको आदेश नभएरै गोली चलाउने प्रहरीमाथि तत्काल निलम्बन गरी कारबाही गर्न माग गर्नुभयो ।

    सांसद सूर्य पाठकले कांग्रेस नेतृत्वको सरकार हुँदा गोलीकाण्ड धेरै हुने भन्दै विभागीय मन्त्रीको हैसियतले जिम्मेवारी लिनुपर्ने बताउनुभयो ।

    सांसद यज्ञबहादुर बोगटीले अछाम घटनामा संलग्नलाई निलम्बन गर्न माग गर्नुभएको छ । यसैगरी सांसद लालबहादुर थापाले बुढीगंगा नगरपालिका २, ३, ५ र ९ मा शान्तिपूर्ण रूपमा निर्वाचन भइरहेको बेला प्रहरी फिर्ता बोलाउने निर्देशन दिनेलाई कारबाही गर्न माग गर्नुभयो ।

    सांसद शेरबहादुर तामाङले गोली चलेको विषयमा सरकारको नैतिक जिम्मेवारीको विषय भएको भन्दै वन्यजन्तुको संरक्षण गर्ने नाममा मानिस मार्न नपाइने बताउनुभएको छ ।

    सांसद गगन थापाले घटनामा संलग्न जो कोही भए पनि कारबाही हुनुपर्ने भन्दै राजनीतिक प्रतिशोध साध्नका लागि काम गर्न नहुने उल्लेख गर्दै गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।


    मंगलवार, जेठ २४ २०७९०१:५१:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij