Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

यातायात मन्त्रीलाई गगन थापाले इम्बोस्ड नम्बर राख्न एक पटक लाइनमा बस्नुस् भनेपछि...

यातायात मन्त्रीलाई गगन थापाले इम्बोस्ड नम्बर राख्न एक पटक लाइनमा बस्नुस् भनेपछि...

  • मंगलवार, जेठ २४ २०७९

  • 699
    SHARES

  • यातायात मन्त्रीलाई गगन थापाले इम्बोस्ड नम्बर राख्न एक पटक लाइनमा बस्नुस् भनेपछि...

    काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले इम्बोस्ड नम्बर प्लेट राख्नका लागि यातायात कार्यालयको लाइनमा बस्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई सुझाव दिनुभको छ ।

    शहरी विकास मन्त्रालयको बजेटमाथि संसदमा भएको छलफलमा भाग लिँदै सांसद थापाले असारभित्र इम्बोस्ड नम्बर राखिसक्नुपर्ने निर्णय फिर्ता लिन आग्रह गर्नुभयो ।

    ‘काठमाडौंमा यातायात कार्यालयहरुमा जे खालको अवस्था छ, एकपटक मन्त्री नभई साधारण नागरिक भएर आफ्नो गाडी लिएर इम्बोस्ड नम्बर प्लेट बदल्नका लागि लाइनमा बस्नुभयो भने नागरिकले कति सास्ती पाइरहेको छ भन्ने अनुभूति हुन्छ’,थापाले भन्नुभयो, ‘यति धेरै नागरिकलाई दुख दिन मिल्दैन, पाइँदैन । यातायात कार्यालयले सक्दैन, असारभित्र असम्भव छ ।’

    असारभित्र इम्बोस्ड नम्बर राखिसक्नुपर्ने निर्णय फिर्ता लिन आग्रह गर्दै उहाँले ठेक्का सम्झौता लगायतका विषयमा सरकारले जवाफ दिनुपर्ने बताउनुभयो ।


    मंगलवार, जेठ २४ २०७९०३:१०:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij