काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकारिणी सदस्य केशव झाले सरकारले आफ्ना माग सम्बोधन गरे सरकारमा जान तयार रहेको बताउनुभएको छ । नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीले बुझाएको ज्ञापनपत्र अनुसार काम अगाडि बढे आफूहरु सरकारमा सहभागी हुने बताउनुभयो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले एकताका लागि प्रयास गरिरहेको छ नी भन्ने प्रश्नमा नेता झाले सडकमा, पान पसलमा कुरा गरेर नहुने बताउँदै विधि र प्रक्रियामा आए सम्भव हुनसक्ने स्पष्ट पार्नुभयो ।
सरकारलाई लामो समयदेखि समर्थन गरिरहेको बताउँदै झाले माग सम्बोधन नभए सडकमा गएर चरणबद्ध आन्दोलन गर्ने बताउनुभयो ।