Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राजसंस्थाबारे कमल थापाले गरे यस्तो टिप्पणी

राजसंस्थाबारे कमल थापाले गरे यस्तो टिप्पणी

  • बिहिवार, जेठ २६ २०७९

  • 559
    SHARES

  • राजसंस्थाबारे कमल थापाले गरे यस्तो टिप्पणी
    काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था आफ्नै कारण  समाप्त भएको बताउनुभएको छ ।
     
    राजसंस्था सबैको अभिभावन बन्न नसक्दा  समाप्त भएको उहाँको भनाइ छ । थापाले निर्मल निवासले दलहरू माथि अनावश्यक हस्तक्षेप गर्न  थालेपछि आफूले रोक्न  माग गरेको जिकिर गर्नुभयो । 
     
    बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले राजसंस्थालाई मर्यादित र सबैको साझा बन्नको लागि लिखित रुपमा पत्र लेखेको पनि उहाँले बताउनुभयो । कुनै सुनुवाइ नभए पनि राजसंस्थाको  एजेन्डा छाडेको  उहाँको भनाइ थियो ।
     
    उहाँले अब कुनै पनि हालतमा राजसंस्था नफर्किने ठोकुवा पनि गर्नुभयो । अध्यक्ष थापाले असम्भव एजेन्डा बोकेर जाँदा हिन्दु राष्ट्र लगायतका एजेन्डा ओझेलमा पर्ने भएकाले आफूले भारी मनले राजतन्त्रको  एजेन्डालाई परित्याग गरेको पनि बताउनुभयो । 
     
    पार्टीले अहिले लोकतन्त्र, राष्ट्रियता र हिन्दु राष्ट्रलाई मुख्य एजेन्डा बनाएको उहाँले जानकारी दिनुभयो  ।  ‘स्वयम् राजालाई पनि राजसंस्था पुनर्स्थापना होस् भने चाहाना छ कि छैन भन्ने कुरामा ठुलो आशङ्का छ’, उहाँको भनाइ छ । 
     
    नेपालमा धर्म निरपेक्षता वा हिन्दु राष्ट्र भन्ने विषय जनमत सङ्ग्रहको माध्यमबाट टुङ्गो लगाउनु पर्ने थापाले बताउनुभएको छ । राप्रपा नेपालले पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्रको पुनः स्थापनालाई मुख्य एजेन्डा बनाएको बताउँदै सहमतिको आधारमा संविधानलाई संशोधन गरेर पूर्ण स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र घोषणा गर्नु पर्ने बताउनुभयो । 
     
    थापाले आगामी  भदौदेखि हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि देशव्यापी रूपमा  कार्यक्रम सञ्चालन गर्ने बताउँदै जनताबाट निर्वाचित कार्यकारी प्रमुखको रूपमा प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणाली कायम गर्नु पर्ने बताउनुभयो ।  


    बिहिवार, जेठ २६ २०७९०३:१६:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij