Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आठ महिनाभित्रै हाम्रो पार्टी राष्ट्रव्यापी बन्न सफल भयो : झलनाथ खनाल

आठ महिनाभित्रै हाम्रो पार्टी राष्ट्रव्यापी बन्न सफल भयो : झलनाथ खनाल

  • शनिवार, जेठ २८ २०७९

  • 760
    SHARES

  • आठ महिनाभित्रै हाम्रो पार्टी राष्ट्रव्यापी बन्न सफल भयो : झलनाथ खनाल
    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई गठबन्धनले ठिक ढंगले मूल्याङ्कन र सम्मान गर्न नसकेको बताउनुभएको छ । 
     
    स्थानीय तह निर्वाचनमा काठमाडौं महानगर वडा नम्बर १५ का समाजवादी उम्मेदवारलाई विजयी गराउन सहयोग गर्ने स्थानीयबासीलाई आभार व्यक्त गर्न शनिबार आयोजित कार्यक्रममा खनालले निर्वाचनमा गठबन्धनले ठिक ढंगले मुल्यांकन र सम्मान गर्न नसकेको र जसका कारण पार्टीलाई धेरै फाइदा नभएको बताउनुभएको हो ।  
     
    उहाँले एक्लै निर्वाचन लडेका स्थानमा पार्टीले राम्रो विजयी हासिल गरेको दाबी गर्नुभयो । १५ वडामा पनि तालमेल गर्दा सबै पद गुमाउनुपर्ने भएकाले नै एक्लै चुनाव लड्ने निर्णय गरेको र सफलता प्राप्त भएको उहाँको भनाइ छ । 
     
    खनालले विद्रोहबाट गठन गरेको पार्टी आठ महिनाभित्रै राष्ट्रव्यापी बन्न सफल भएको भन्दै आगामी दिनमा जनतालाई भरोसा दिलाएर संगठनलाई विस्तार र व्यापक बनाउँदै लैजानुपर्ने धारणा राख्नुभयो । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार (बालेन शाह) विजयी भएकाले सबैले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।  
     


    शनिवार, जेठ २८ २०७९०१:५४:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij