Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आफ्नै मामाको हत्या आरोपमा एक जना पक्राउ 

आफ्नै मामाको हत्या आरोपमा एक जना पक्राउ 

  • शनिवार, जेठ २८ २०७९

  • 624
    SHARES

  • आफ्नै मामाको हत्या आरोपमा एक जना पक्राउ 
    काठमाडौं ।  सर्लाहीको लालबन्दी नगरपालिकामा आफ्नै मामाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
     
    लालबन्दी नगरपालिका– ११, हिरापुरका ३१ वर्षीय रवि विकले शनिबार बिहान आफ्नै मामा ४५ वर्षीय अशोक विकको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी माधवप्रसाद बुढाथोकीले बताउनुभयो । 
     
    मृतक अशोक भने लालबन्दी–१७, रानीगञ्जका वासिन्दा हुन् ।
     
    प्रहरीका अनुसार रविको काकाको तरकारी बारीमा दुवै जना काम गरिरहेको बेला विवाद हुँदा रविले अशोकको टाउकोमा बाँसको भाटाले हिर्काएका थिए । गम्भीर घाइते भएका अशोकलाई उपचारका लागि अस्पतालतर्फ लग्दै गर्दा बाटोमा नै मृत्यु भएको डिएसपी बुढाथोकीले जानकारी दिनुभयो । 
     
    रविलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।


    शनिवार, जेठ २८ २०७९०५:४५:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij