Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे सदनलाई जानकारी गराउन एमालेको माग

प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे सदनलाई जानकारी गराउन एमालेको माग

  • आइतवार, जेठ २९ २०७९

  • 718
    SHARES

  • प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे सदनलाई जानकारी गराउन एमालेको माग
    काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका बारेमा संसदमा जानकारी गराउन माग गर्नुभएको छ । 
     
    प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद ज्ञवालीले प्रधानमन्त्रीको अमेरिका भ्रमणको सम्बन्धमा सत्तारुढ गठबन्धनका दलले समेत प्रश्न उठाइरहेका बताउनुभयो । प्रधानमन्त्रीको भ्रमण राजकीय, सद्भावना अथवा व्यापारिक कुन प्रकारको हो भन्ने विषय संसदमा जानकारी गराउनुपर्ने उहाँले बताउनुभयो । 
     
    सत्तापक्षको एउटा घटकको प्रमुख सचेतकले प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गरियोस् भन्ने तहसम्म प्रश्न उठाउनु सामान्य नभएको भन्दै उहाँले भन्नुभयो, ‘सत्ता गठबन्धनमा रहेको असमझदारी र विवाद मात्रै हो भनेर बुझ्ने या यो भ्रमणसँग जोडिएका केही अत्यन्त महत्त्वपूर्ण विषयहरू छन्, जससँग सत्ता घटकहरूबिच छलफल चलिरहेको छ र त्यो विषयलाई उठाउनुपर्ने आवश्यकता प्रमुख सचेतकले बोध गर्नुभयो ।’
     
    यस्ता गम्भीर प्रश्नहरुमा प्रमुख प्रतिपक्षलाई जानकारी गराउन वा परामर्श लिने सरकार छाडेको उनले बताउनुभयो ।  
     
    देउवाको अमेरिका भ्रमण प्रधानमन्त्रीको हैसियतमा हुन लागेको हो कि रक्षामन्त्रीको हैसियतमा भन्ने प्रश्न समेत गर्नुभयो । 


    आइतवार, जेठ २९ २०७९०१:३५:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij