Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपालमा आज थप ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि, २६४ जना डिस्चार्ज

नेपालमा आज थप ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि, २६४ जना डिस्चार्ज

  • बिहिवार, भाद्र ४ २०७७

  • 1.4K
    SHARES

  • नेपालमा आज थप ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि, २६४ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा आज थप ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देखिएका ७ सय ७ जनामा १९२ महिला र ५१५ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्‍वर गौतम जानकारी दिनुभयो ।

    पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट २६४ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १७ हजार ९६४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६१ प्रतिशत रहेको छ ।

    आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ५५५ रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट ११ हजार ८३२ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ५ लाख हजार जनाको पीसीआर परीक्षण गरिएको छ ।

    देशभरका संस्थागत आइसोलेसन ८ हजार ८३ जना र होम आइसोलेसनमा ३ हजार ७७२ रहेका छन् । आजसम्म देशभर ११ हजार ७६८ जना क्‍वारेन्टिनमा रहेका छन् । हालसम्म देशभर कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ ।


    बिहिवार, भाद्र ४ २०७७०४:३३:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij