Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मोहन्याल गाउँपालिकाका अध्यक्ष उपाध्याय निलम्बनमा, मतदान गर्न नपाउने

मोहन्याल गाउँपालिकाका अध्यक्ष उपाध्याय निलम्बनमा, मतदान गर्न नपाउने

  • आइतवार, जेठ २९ २०७९

  • 666
    SHARES

  • मोहन्याल गाउँपालिकाका अध्यक्ष उपाध्याय निलम्बनमा, मतदान गर्न नपाउने

    काठमाडौं । कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय स्वतः निलम्बनमा परेका छन् ।

    आइतबार निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशनात्मक पत्र पठाउँदै पदबाट स्वतः निलम्बनमा रहेकाले कुनै पनि अधिकारको प्रयोग गर्न नदिन अनुरोध गरेको हो ।

    ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ बमोजिम भ्रष्टाचारको आरोपमा मुद्दा चलेकोमा सो मुद्दाको किनारा नभएसम्मको अवधिभर सार्वजनिक पदधारण गरेको व्यक्ति आफ्नो पदबाट स्वतः निलम्बन हुने भएकाले यसरी निलम्बनमा भएको व्यक्तिले त्यस्तो पदको कुनै पनि अधिकार प्रयोग गर्न मिल्ने नदेखिएको व्यहोरा निर्देशनुसार अनुरोध छ’ सो पत्रमा भनिएको छ ।

    उनी निलम्बनमा परे पछि सोमबार हुन लागेको जिल्ला समन्वय समितिको निर्वाचनमा मतदान गर्न पाउने छैनन् । आइतबार नै उनलाई जिल्ला समन्वय समितिको निर्वाचनमा सहभागी नगराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन परेको थियो ।

    दाबी विरोध र उजुरीको समय सकिएपछि निर्वाचनमा सहभागी नगराउन भन्दै शनिबार निवेदन परेको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिनुभयो । समितिको उपप्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद खनालले मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीमा निवेदन दिँदै विशेष अदालतको फरार सूचीमा रहेका उपाध्यक्षलाई निर्वाचनको मतदान प्रक्रियामा सहभागी नगराउन माग गर्नुभएको हो ।

    नवनिर्वाचित अध्यक्ष उपाध्यायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको भ्रष्टाचार मुद्दा विशेष अदालत काठमाडौंमा विचाराधीन रहेको छ ।

    m_cFfxhoKNvr.png


    आइतवार, जेठ २९ २०७९०७:०५:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij