Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ब्राण्डको पछाडि दौडिदा अकालमा ज्यान गुमाउँदै नागरिक

ब्राण्डको पछाडि दौडिदा अकालमा ज्यान गुमाउँदै नागरिक

  • आइतवार, जेठ २९ २०७९

  • 553
    SHARES

  • ब्राण्डको पछाडि दौडिदा अकालमा ज्यान गुमाउँदै नागरिक

    काठमाडौं । स्वास्थ्य नै जीवन हो । जब मानिसको स्वास्थ्य तन्दुरुस्त हुन्छ तब मात्रै उसले आफ्नो दैनिकीलाई सहज तुल्याउन सक्छ । स्वास्थ्य राम्रो भएमा मात्रै मानिसले आफ्नो लक्ष्यलाई सहजै भेट्टाउन सक्छ । नेपालको स्वास्थ्य प्रणाली निकै महंगो, सर्वसाधारणको पहुँच भन्दा बाहिर रहेका विषय उठिरहन्छन् ।

    स्वास्थ्य क्षेत्रलाई जनमैत्री बनाउन नसकिएको गुनासा पनि आउने गरेका छन् । विगतकै कोरोनाकालको नजीर हेर्दा सर्वसुलभ स्वास्थ्योपचार नहुँदा धेरैले अकालमा ज्यान गुमाउनुपर्‍यो भने अधिकांशले चर्को मूल्य व्यहोर्नुपरेको थियो ।

    आजको प्रतिनिधिसभाको बैठकमा पनि सांसदहरुले यी नजीरहरुलाई दृष्टिगत गर्दै स्वास्थ्य क्षेत्रलाई सर्वसुलभ बनाउनुपर्ने सुझाव प्रस्तुत गरेका छन् । सांसद लक्ष्मी परियारले दीर्घ रोगी र मृगौला पीडितहरुलाई सरकारले ल्याएको प्याकेज जनमैत्री भएको भन्दै कार्यान्वयनमा सहजता प्रदान गर्न आग्रह गर्नुभयो ।

    सांसद शेरबहादुर तामाङले औषधिको ब्राण्डका पछि दौडिदा स्वास्थ्योपचार महंगो भएकोले स्वदेशी औषधि उत्पादनलाई प्रोत्साहित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    सांसद लक्ष्मी चौधरीले स्वास्थ्य बिमालाई व्यवस्थित पार्दै विपन्न समुदायसम्म यसको पहुँच पुग्नुपर्ने कुरामा जोड दिनुभयो ।

    सांसद गिरिराजमणि पोखरेलले सरकार पश्चिमा चिकित्सामुखी भएको र राष्ट्रिय स्वास्थ्य प्रणालीलाई परिवर्तन गर्न नसकिएको बताउनुभयो । स्वास्थ्य क्षेत्रका धेरै विषयहरु परिवर्तन हुनुपर्ने उहाँको धारणा छ ।

    सांसद डा. डिला संग्रौलाले जनताले महंगो स्वास्थ्यसेवालाई थेग्न नसकेर अकालमै ज्यान गुमाउने अवस्था भएकोले यसमा सुधार गर्नका लागि निजी अस्पताललाई स्तरोन्नती गरी जनमैत्री बनाउन आवश्यक रहेको बताउनुभयो ।

    नेपाल सरकारले स्वास्थ्य क्षेत्रका छुट्याएको बजेट अन्य क्षेत्रभन्दा बढी भएपनि त्यसको प्रभावकारिता सफल नभएको धेरैको बुझाइ छ । सरकारी अस्पतालको सेवा दुरुस्त नहुँदा पनि निजी अस्पतालहरु मोटाउने क्रम जारी छ ।


    आइतवार, जेठ २९ २०७९०७:५७:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij