Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पूर्व नासुलाई मन्त्रालय बोलाइ करको दर परिवर्तन गराउने अर्थमन्त्रीको राजीनामा माग

पूर्व नासुलाई मन्त्रालय बोलाइ करको दर परिवर्तन गराउने अर्थमन्त्रीको राजीनामा माग

  • सोमवार, जेठ ३० २०७९

  • 679
    SHARES

  • पूर्व नासुलाई मन्त्रालय बोलाइ करको दर परिवर्तन गराउने अर्थमन्त्रीको राजीनामा माग

    काठमाडौं । बजेट निर्माणको क्रममा रातारात ‘खेताला विज्ञ’ ल्याएर करको दर परिवर्तन गरिएको भन्दै सदनमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएको छ ।

    प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसद योगेश भट्टराईले मध्यराति पूर्वनासुलाई मन्त्रालयमा लगेर करको दररेट परिवर्तन गराएको भन्दै अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने बताउनुभएको हो ।

    आज सञ्चारमाध्यममा बजेट ल्याउने अघिल्लो दिन १४ जेठको मध्यरातमा अर्थमन्त्री शर्माले पूर्वनासुलाई मन्त्रालयमा लगेर करको दररेट परिवर्तन गरेको समाचार आएपछि संसदमा प्रतिपक्षी दल एमालेले अर्थमन्त्रीले राजीनामा मागेको हो ।

    बेलायती संसद र अर्थमन्त्रीको राजीनामा प्रकरण उल्लेख गर्दै सांसद भट्टराईले सोही विषय नेपालमा लागू हुन्छ कि हुँदैन भन्दै प्रश्न गर्नुभयो । उहाँले यसबारे सदन, सांसद, प्रधानमन्त्रीसहित सबैको ध्यानाकर्षण गराउनुभएको छ ।


    सोमवार, जेठ ३० २०७९१२:४७:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij