Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि टिम घोषणा, मनीषा पहिलो पटक टिममा

एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि टिम घोषणा, मनीषा पहिलो पटक टिममा

  • सोमवार, जेठ ३० २०७९

  • 783
    SHARES

  • एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि टिम घोषणा, मनीषा पहिलो पटक टिममा
    काठमाडौं । एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि महिला टिम घोषणा भएको छ ।
     
    असार ३ देखि ११ सम्म मलेसियामा हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले कप्तान रुविना क्षेत्री कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ ।
     
    प्रारम्भिक टिममा बोलाइएका मध्ये सरिता मगर, रोमा थापा, रेमा रावल र ईश्वरी विष्ट टिममा पर्न सकेनन् ।
     
    यू-१९ महिला टिमबाट बायाँ हाते मिडियम पेस बलर मनीषा उपाध्याय पहिलो पटक सिनियर टिममा परेकी छिन् ।
     
    सिनियर टिमबाट राम्रो खेलिरहेकी हिरन्मई टिममा नपर्दा उनले पहिलो पटक टिममा मौका पाएकी हुन् । नेपाली महिला क्रिकेटमा उदयीमान लेगस्पिनर हिरन्मई आवश्यक कागजातको अभावमा जान नपाउने भएपछि उनको प्रतिस्थापनको लागि मनीषालाई टिममा राखिएको हो ।
     
    नेपालको १५ सदस्यीय टोलीमा रुविना क्षेत्री, इन्दु बर्मा, ज्योति पाण्डे, सीता राना मगर, कविता कुँवर, अस्मिता कमचार्य, कविता जोशी, मनीषा उपाध्याय, डली भट्ट, बिन्दु रावल, संगिता राई, अप्सरी बेगम, काजल श्रेष्ठ, सवनम राई छन् ।
     
    नेपाली महिला क्रिकेट टिमले आजसम्म कुनै पनि अन्तर्राष्ट्रिय प्रतिायोगिता जित्न सकेको छैन । यस पटक भने खाली हात नफर्कने लक्ष्यसहित तयारी गरेको कप्तान रुविना क्षेत्रीले बताइन् । त्यस्तै प्रशिक्षक जगत टमटाले पनि यस पटक उपाधि जित्ने लक्ष्य सहित मलेसिया जान लागेको बताएका छन् ।


    सोमवार, जेठ ३० २०७९०५:५४:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij