Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अर्थमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ : पाण्डे

अर्थमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ : पाण्डे

  • मंगलवार, जेठ ३१ २०७९

  • 688
    SHARES

  • अर्थमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ : पाण्डे

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता डा. सुरेन्द्र पाण्डेले करको दर हेरफेरमा अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै राजीनामाको माग गर्नुभएको छ ।

    करको दरमा नीतिगत भ्रष्टाचार भएको विषयमा सरकारको जवाफ नआएको भन्दै गम्भीर विषयमा प्रस्ट नभएसम्म सदनको कारबाही अघि नबढाउन पाण्डेले सभामुखलाई आग्रह गर्नुभएको हो ।

    तर, सभामुखले एमालेको मागबारे आफ्नो ध्यानाकर्षण भएको बताएपछि शर्तसहित सदनको कारबाही अगाडि बढेको छ । प्रतिनिधिसभाको मंगलबार बैठक सुरु हुनासाथ एमालेका सांसदहरु उठेका थिए ।

    एमाले नेता तथा पूर्व अर्थमन्त्री पाण्डेले करका दर हेरेफेर, स्टिल उद्योगका सुविधा कटौति गरेर निश्चित व्यापारीलाई पोस्ने काम भएको र अन्य धेरै नीतिगत भ्रष्टाचार बजेटमा देखिएको बताउनुभयो ।

    पाण्डेले स्यानिटरी प्याडमा धेरै कुरा उठेको र समग्रमा ८ प्रतिशतसम्म भन्सार कर लगाइएको भन्दै कसको संलग्नतामा गरिएको हो भन्ने प्रश्न उठाउँदै प्रस्ट जवाफ माग गर्नुभएको छ ।


    मंगलवार, जेठ ३१ २०७९१२:४२:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij