Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

परराष्ट्रमन्त्रीको आग्रह : प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई शंकाले नहेर्नुस् !

परराष्ट्रमन्त्रीको आग्रह : प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई शंकाले नहेर्नुस् !

  • मंगलवार, जेठ ३१ २०७९

  • 786
    SHARES

  • परराष्ट्रमन्त्रीको आग्रह : प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई शंकाले नहेर्नुस् !
    काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी भएको अमेरिका भ्रमणलाई शंकाले नहेर्न आग्रह गर्नुभएको छ ।
     
    प्रतिनिधिसभामा परराष्ट्र मन्त्रालयका लागि विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणलाई शङ्काका दृष्टिले नहेर्न आग्रह गर्नुभएको हो । 
     
    दुई देशका बीचमा हुने भ्रमणले नेपालको सम्बन्ध विस्तार गर्न र देशको छवि बढाउन भूमिका खेल्ने उहाँले बताउनुभयो । 
     
    प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणका क्रममा एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने तयारी भएको भनी उहाँको भ्रमण नै रोक्नुपर्ने आवाज उठिरहेका बेला मन्त्री खड्काले त्यसको खण्डन गर्नुभएको हो । 
     
    उहाँले भन्नुभयो, ‘नेपालको स्वाधीनता, स्वतन्त्रतालाई ध्यान दिएर भ्रमण हुन्छन् । सार्वभौमसत्ता, स्वाधीनताप्रति सरकार गम्भीर रहेको छ ।’
     


    मंगलवार, जेठ ३१ २०७९०४:२३:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij