Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

महिला क्रिकेट टिमको बिदाइ, जान पाइनन् हिरन्मईको सट्टा टिममा परेकी मनीषाले मलेसिया 

महिला क्रिकेट टिमको बिदाइ, जान पाइनन् हिरन्मईको सट्टा टिममा परेकी मनीषाले मलेसिया 

  • मंगलवार, जेठ ३१ २०७९

  • 535
    SHARES

  • महिला क्रिकेट टिमको बिदाइ, जान पाइनन् हिरन्मईको सट्टा टिममा परेकी मनीषाले मलेसिया 
    काठमाडौं । मलेसियामा आयोजना हुने एसीसी महिला टी-२० च्याम्पियनसिपमा सहभागी हुने नेपाली राष्ट्रिय महिला टोलीलाई बिदाइ गरिएको छ ।
     
    काठमाडौंमा एक कार्यक्रम गरी राष्ट्रिय खेलकुद परिषद् राखेप सदस्य सचिव टंकलाल घिसिङ र क्यानका पदाधिकारीले खेलाडीलाई बिदाइ गरेका हुन् ।
     
    रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोली बुधबार मलेसिया प्रस्थान गर्ने भएको छ । टिममा परेकी मनीषा उपाध्यायको स्वास्थ्यमा समस्या आएका कारण उनी टिमसँग मलेसिया जान नपाउने भएकी छिन् ।
     
    लेगस्पिनर हिरन्मईको ठाउँमा मनीषालाई टिममा राखिएको थियो । तर उनी पनि नहुँदा टिममा स्पिनरको अभाव हुने भएको छ ।
     
    असार ३ देखि ११ गतेसम्म मलेसियामा हुने यो प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह बी मा बहराइन, भुटान, हङकङ र कुवेत छन् । समूह ए मा आयोजक मलेसिया, ओमान, कतार, सिंगापुर र युएई छन् । समूह चरणका खेलपछि शीर्ष दुईले सेमिफाइनल खेल्नेछन् ।
     
    नेपालको मुख्य लक्ष्य भनेको च्याम्पियनसिप जितेर आउने रहेको कप्तान क्षेत्री तथा प्रशिक्षक जगत टमाटाले बताएका छन् ।
     
     


    मंगलवार, जेठ ३१ २०७९०४:३६:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij