Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

निमावि तहको लिखित परीक्षाको नतिजा सार्वजनिक, अन्तर्वार्ता २१ गते

निमावि तहको लिखित परीक्षाको नतिजा सार्वजनिक, अन्तर्वार्ता २१ गते

  • मंगलवार, जेठ ३१ २०७९

  • 926
    SHARES

  • निमावि तहको लिखित परीक्षाको नतिजा सार्वजनिक, अन्तर्वार्ता २१ गते

    काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह, द्वितीय श्रेणी शिक्षक पदको मिति २०७८ चैत २१ गते लिएको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

    आयोगले लिखित परीक्षामा उत्तीर्ण हुनेको अन्तर्वार्ता असार २१ गते हुने जनाएको छ । परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहने उम्मेद्वारले असार ६ गतेसम्म कार्यलय समयभित्र तोकिएको राजस्व तिरी निवेदन गर्न सक्नेछन् ।

    वस्तुगत उत्तरपुस्तिका (ओएमआर सीट) मा प्रश्नपत्रको सेट उल्लेख नगरेको वा दुई वा दुई भन्दा बढी सेटमा संकेत गरेका, वस्तुगत उत्तरपुस्तिका (ओएमआर सीट) को रोल नम्बर संकगर्ने गर्ने गोलो घेरामा आफ्नो सही रोल नम्बर जनाउनको लागि मसी भर्दा गल्ती गरी गोलो घेरामा मसी भरेको, एक भन्दा बढी गोलोमा मसी भरेको वा मसी नै नभरेको कारण रोल नम्बर फरक पर्न गएको उत्तरपुस्तिका रद्द गरिएको आयोगले जनाएको छ ।


    मंगलवार, जेठ ३१ २०७९०६:४०:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij