Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमालेको अनुशासन आयोगले सातै प्रदेशमा प्रशिक्षण चलाउने

एमालेको अनुशासन आयोगले सातै प्रदेशमा प्रशिक्षण चलाउने

  • मंगलवार, जेठ ३१ २०७९

  • 687
    SHARES

  • एमालेको अनुशासन आयोगले सातै प्रदेशमा प्रशिक्षण चलाउने
    काठमाडौं । नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगको बैठकले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सबै प्रदेशमा प्रशिक्षण चलाउने निर्णय गरेको छ ।
     
    मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको आयोगको बैठकले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सात वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय गरेको अध्यक्ष केशव बडालले बताउनुभयो । 
     
    पार्टी भित्र देखापरेका अनुशासनहीनतालाई वैचारिक रुपमा परास्त गर्ने मूल उद्देश्यका साथ साउन महिनाको दोस्रो साताबाट अन्तिम सातासम्म प्रदेश स्तरीय प्रशिक्षण गर्ने उहाँले बताउनुभयो । 
     
    ‘हाम्रो आयोगले सातै प्रदेशमा अनुशासनसँग सम्बन्धित विषयवस्तु, पार्टीको सिद्धान्त, कार्यक्रम र कार्यनीतिका बारेमा प्रशिक्षण कार्यक्रम राख्ने निर्णय गर्‍यो । श्रावण महिनाको दोस्रो हप्तादेखि चौंथो हप्तासम्म सक्ने गरी सो प्रशिक्षण कार्यक्रम राखिनेछ’ उहाँले भन्नुभयो । 
     
    प्रशिक्षण कार्यक्रममा केन्द्रीय अनुशासन आयोगको अधिकार, कर्तव्य, दायित्व र केन्द्रीय अनुशासन आयोगलाई सबै केन्द्रीय कमिटी, प्रदेश कमिटी, पार्टी जिल्ला कमिटी, सम्पर्क कमिटीहरूले हेर्ने दृष्टिकोण सम्बन्धि विषयवस्तु हुने पनि आयोगले जनाएको छ ।
     
    त्यसैगरी बैठकले उमानाथ ओली, प्रदीप प्याकुरेल, लालमणि चौधरी, दीपक देवकोटा र पूर्णशोभा चित्रकारलाई आयोगको सदस्य थप गर्ने निर्णय पनि गरेको छ ।


    मंगलवार, जेठ ३१ २०७९०७:०८:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij