Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

नेकपा एसको प्रतिवेदन : गठबन्धन भित्रका ७ समस्या सार्वजनिक 

नेकपा एसको प्रतिवेदन : गठबन्धन भित्रका ७ समस्या सार्वजनिक 

  • मंगलवार, जेठ ३१ २०७९

  • 798
    SHARES

  • नेकपा एसको प्रतिवेदन : गठबन्धन भित्रका ७ समस्या सार्वजनिक 
    काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय निर्वाचनका दौरान सत्तारुढ गठबन्धनभित्र ७ प्रकारका समस्या देखा परेको विश्लेषण गरेको छ ।
     
    आजदेखि सुरु भएको नेकपा एसको स्थायी कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस गरेको चुनावी समीक्षा प्रतिवेदनमा गठबन्धनभित्र देखा परेका समस्याबारे स्पष्ट उल्लेख छ ।
     
    प्रतिवेदनमा उल्लेख भए अनुसार गठबन्धन गर्न नै नचाहने, गठबन्धनको निर्णय कार्यान्वयन नगर्ने, गठबन्धनभित्र उपगठबन्धन गर्ने, गठबन्धन भएका स्थानमा इमानदारीपूर्वक भोट नहाल्ने र गठबन्धनबाहिरका दलसँग तालमेल गर्ने समस्या देखिएको उल्लेख छ ।
     
    त्यस्तै गठबन्धनमा रहेका दलहरूमा सहकार्यको भावना ज्यादै कमजोर रहेको र गठबन्धनलाई आफ्नो हितमा मात्रै प्रयोग गर्ने प्रवृत्ति रहेको निष्कर्ष अध्यक्ष नेपालद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
     
    नेपालले यस्तो प्रवृत्ति नेपाली कांग्रेस र माओवादी केन्द्रमा बढी देखिएको उल्लेख गर्नुभएको छ । 


    मंगलवार, जेठ ३१ २०७९०७:१७:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij