Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

देउवालाई प्रचण्डको सुझाव : कुनै पनि हालतमा एसपीपी सम्झौतामा हस्ताक्षर नगर्नुस्

देउवालाई प्रचण्डको सुझाव : कुनै पनि हालतमा एसपीपी सम्झौतामा हस्ताक्षर नगर्नुस्

  • बुधवार, आषाढ १ २०७९

  • 885
    SHARES

  • देउवालाई प्रचण्डको सुझाव : कुनै पनि हालतमा एसपीपी सम्झौतामा हस्ताक्षर नगर्नुस्

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी रक्षा मन्त्रालयको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी सम्झौतामा हस्ताक्षर नगर्न सुझाव दिनुभएको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान देउवासँग भेट गर्दै प्रचण्डले हिन्द–प्रशान्त सैन्य रणनीतिको एक अङ्गको रूपमा एसपीपी रहेको भन्दै उक्त सम्झौतामा हस्ताक्षर कुनै पनि हालतमा नगर्न सुझाउनुभएको हो । प्रचण्डको प्रमुख स्वकीय सचिव रमेश मल्लका अनुसार प्रचण्डले देउवालाई एसपीपी नेपालको राष्ट्र हित विपरीत रहेको बताउनुभएको छ ।

    प्रचण्डले सुझाव दिनुभन्दा पहिले ‘एसपीपी सम्झौतामा हस्ताक्षर गर्न लाग्नु भएको हो रु’ भन्दै प्रश्न गर्नुभएको थियो । जवाफमा देउवाले राष्ट्र हित विपरीतका काम नगर्ने र राष्ट्रको शिर निहुर्‍याउने गरी कुनै सन्धि सम्झौतामा हस्ताक्षर नगर्ने बताउनुभएको थियो ।

    प्रचण्डसँग नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पनि देउवासँग भेट गर्न पुग्नुभएको थियो ।


    बुधवार, आषाढ १ २०७९०१:५७:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij