Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एसपीपीमा नाम जोडेको भन्दै संसद्मा एमालेको आपत्ति

एसपीपीमा नाम जोडेको भन्दै संसद्मा एमालेको आपत्ति

  • बिहिवार, आषाढ २ २०७९

  • 785
    SHARES

  • एसपीपीमा नाम जोडेको भन्दै संसद्मा एमालेको आपत्ति

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेताले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा एमालेको नाम जोडेकोप्रति आपत्ति जनाएका छन् ।

    आज प्रतिनिधिसभा बैठकमा एमालेका सांसद ईश्वर पोखरेलले सुरुमै समयमा मागेर एसपीपी सम्झौतामा नाम जोडेकोप्रति निन्दा र भर्त्सना गर्नुभएको हो ।

    “२०१५ मा सुशील कोइराला प्रधानमन्त्री र रक्षामन्त्री हुनुहुन्थ्यो । २०१७ मा शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्थ्यो । रक्षामन्त्री को थियो उहाँले जान्नुहोला,” पोखरेलले भने, “अहिले नेकपा (एमाले)प्रति लाञ्छित गर्ने प्रयास हुँदै छ । २०१९ मा म छु रक्षामन्त्री, केपी ओलीले सरकारको नेतृत्व गरेका बेलामा यो विषय उठेको हो । यो हाम्रो असंलग्न परराष्ट्र नीतिको विपरीत छ भनेर हामीले त्यस बेला कार्यदल बनाएका थियौँ परराष्ट्र सचिवको नेतृत्वमा ।”

    उहाँले त्यो कार्यदलले एसपीपी नेपालको असंलग्न परराष्ट्र नीति विपरीत भएको निष्कर्ष दिएको र ओली सरकारले त्यसलाई रोकेको बताउनुभयो ।

    उहाँले नेपाली सेनाको दक्षता अभिवृद्धिका लागि ‘वाइलेटरल’ सम्झौता भने गरेको स्वीकार गर्नुभयो । “विपद् व्यवस्थापनसहितका दक्षता वृद्धिका लागि सम्झौताहरू गरेका छौँ,” पोखरेलले भने, “पूर्वसरकारीहरूको पालामा भनेर आफ्नो अपराध छोप्ने जुन प्रयास भएको छ ।”

    उहाँले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेलाई एसपीपी प्रकरणमा मुछेकामा माफी माग्नुपर्ने पनि बताउनुभयो ।


    बिहिवार, आषाढ २ २०७९०१:५९:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij