Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बाघलाई नियन्त्रणमा नलिँदासम्म शव नउठाउन नदिने भन्दै स्थानीयद्वारा विरोध

बाघलाई नियन्त्रणमा नलिँदासम्म शव नउठाउन नदिने भन्दै स्थानीयद्वारा विरोध

  • बिहिवार, आषाढ २ २०७९

  • 716
    SHARES

  • बाघलाई नियन्त्रणमा नलिँदासम्म शव नउठाउन नदिने भन्दै स्थानीयद्वारा विरोध
    काठमाडौं । नरभक्षी बाघलाई नियन्त्रणमा लिन माग गर्दै चितवनको मेघौलीका बासिन्दाले मृतकको शव उठाउन दिएका छैनन्।
     
    बाघले भरतपुर महानगरपालिका-२७ मेघौलीस्थित राधा कृष्ण सामुदायिक वनमा निउरो टिप्न गएकी २३ वर्षीया रेखा बस्नेतलाई आक्रमण गरेको थियो। उनी बिहान ७ बजेतिर जङ्गल गएकी थिइन्। साढे ८ बजेतिर बाघले आक्रमण गरेको थियो।
     
    निकुञ्ज सुरक्षार्थ खटिएको सेनाले हवाई फायर गर्दै बाघलाई लखेटेर शव निकालेका थिए। मृतकको शव वनबाट बाहिर निकालिएको छ।
     
    प्रहरीले शव पोष्टमर्टमका लागि भरतपुर अस्पताल लैजान लाग्दा स्थानीयले विरोध गरेका छन्। उनीहरूले बाघलाई डार्ट गरेर नियन्त्रणमा लिएपछि मात्रै शव लैजान दिने बताएका छन्। 
     
    'आज मान्छे खाएको बाघलाई यसै छाडियो भने यसले हामी सबैलाई सक्छ, 'स्थानीय नारायण भुर्तेलले भन्नुभयो, 'हामी यो बाघलाई नियन्त्रणमा नलिँदासम्म शव बुझ्दैनौँ।'
     
    चितवनमा बाघको आक्रमणबाट पछिल्लो तीन महिनामा १० जनाको मृत्यु भएको छ। केही दिन अघि मात्रै बाघको आक्रमणबाट भरतपुर-२३ र राप्ती नगरपालिकामा १र१ जना घाइते भएका थिए।


    बिहिवार, आषाढ २ २०७९०२:५३:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij