काठमाडौं । लागूऔषध कारोबारी विरुद्ध प्रहरीले हालसम्मकै ठूलो अप्रेसन सफलतापूर्वक सम्पन्न गरेको छ । केही दिनको बीचमा लागू औषध नियन्त्रण ब्युरोले १ अर्ब २ करोड मूल्य बराबरको लागू औषध हेरोइन बरामद गरेको छ ।
ब्युरोका एसपी जीवन श्रेष्ठले विभिन्न स्थानबाट ५१ किलो हेरोइनसहित ७ जनालाई पक्राउ गरिएको बिहीबारको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
बरामद भएका हेरोइनमध्ये ४९ किलो सेतो र २ किलो खैरो रहेका छन् । ब्युरोले ५१ केजी सेतो हेरोइनसहित ७ जना दक्षिण अफ्रिकन महिलालाई समेत पक्राउ गरेको छ । ब्युरोका अनुसार यो लागुऔषध विरुद्धको अहिलेसम्मकै ठुलो अपरेसन हो ।
चार दिन लामो अपरेसन चलाएर ब्युरोले ५१ किलोभन्दा बढी सेतो हेरोइन बरामद गरिएको लागु औषध नियन्त्रण ब्युरोका एसपी जीवन श्रेष्ठले जानकारी दिए । सो लागुऔषध दुवईबाट काठमाडौं ल्याइएको हो ।