Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एसपीपीसँग सम्बन्धित कागजपत्र समितिमा मगाइयो

एसपीपीसँग सम्बन्धित कागजपत्र समितिमा मगाइयो

  • शुक्रवार, आषाढ ३ २०७९

  • 672
    SHARES

  • एसपीपीसँग सम्बन्धित कागजपत्र समितिमा मगाइयो

    काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारसँग अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सँग सम्बन्धित कागजपत्र माग गरेको छ ।

    शुक्रबार परराष्ट्रमन्त्री डा.नारायण खड्का, प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा मन्त्रालयका सचिव किरण शर्मा लगायतसँग एसपीपीबारे छलफल गरेपछि समितिले यससँग सम्बन्धित कागजपत्र उपलब्ध गराउन नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई निर्देश गरेको हो ।

    समिति सभापति पवित्रा निरौला खरेलले परराष्ट्र नीति विपरीत गएर कुनै पनि सैन्य एवं सामरिक महत्वका विषयमा नेपालले सहभागिता जनाउन नहुने भनी सरकारलाई सचेत गराइएको जानकारी दिनुभयो ।

    समितिले अमेरिका भ्रमण र एसपीपीका विषयमा उठेका पश्नहरुको जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत आउँदो आइतबार समितिको बैठकमा बोलाएको छ ।


    शुक्रवार, आषाढ ३ २०७९०३:०२:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij