Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपालको लगातार दोस्रो जित

नेपालको लगातार दोस्रो जित

  • शनिवार, आषाढ ४ २०७९

  • 587
    SHARES

  • नेपालको लगातार दोस्रो जित

    काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । किनरारा ओभलमा आज कुवेतलाई २५ रनले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

    नेपालले दिएको १ सय ८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो ।

    कुवेतका लागि प्रियादा मुरालीले ३१ रन जोडिन् । यस्तै मारिमा हेदरले १५ तथा कप्तान आम्ना तारिकले १४ रन बनाईन् ।नेपालकी सीता राना मगरले २ तथा अश्मिना कर्माचार्य, संगीता राई र इन्दु वर्माले एक एक विकेट लिईन् । त्यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो ।

    नेपालका लागि कप्तान रुबिना क्षेत्रीले अविजित रहदै सर्वाधिक ३४ रन जोडिन् । यस्तै इन्दु बर्माले अविजित २८ रन बनाईन ।

    यस्तै ज्योति पाण्डेले १५ तथा बिन्दु रावलले ११ रन जोडिन् । सीता मगर र काजल श्रेष्ठले ५/५ रन जोडिन् ।

    कुवेतकी मारिमा हेदरले २ तथा मार्यम ओमार र खादिजा खालिलले १/१ विकेट लिईन् ।

    यस जितसँगै नेपालले २ खेलमा ४ अंक जोडेको छ । समूह ’बी’ मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ ।

    जितपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।

    शुक्रबार भएको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हराएको थियो ।

    कुवेतले २ खेलमा १ अंक जोडेको छ । कुवेत र बहराइनबीचको पहिलो खेल वर्षाले नतिजा विहीन बनेको थियो ।

    अब नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ।

    च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

    समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

    च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।


    शनिवार, आषाढ ४ २०७९०३:५७:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij