Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

एसीसी महिला टी–ट्वान्टी : बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा

एसीसी महिला टी–ट्वान्टी : बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा

  • सोमवार, आषाढ ६ २०७९

  • 464
    SHARES

  • एसीसी महिला टी–ट्वान्टी : बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा
    काठमाडौं । नेपाल एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको किनरारा ओभलमा सोमबार(आज) बहराइनलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।
     
    बहराइनले दिएको १५ रनको लक्ष्य नेपालले ३ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि सीता राना मगरले ४ रन जोडिन । 
     
    कविता कुँवरले अविजित ३ रन झारिन् । इन्दु वर्मा शून्य रनमा आउट हुँदा कप्तान रुबिना क्षेत्री शून्य रनमा अविजित रहिन् । बहराइनकी पभिथ्र सेट्ठी र भिल्सिटा बार्बोजाले एक एक विकेट लिइन् ।
     
    त्यसअघि पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर १४ रन बनाएको थियो । वर्षाको कारण खेल ७ ओभरमा झारिएको थियो । 
     
    बहराइनकी इशारा सुहुनले ६ रन जोडिन । कप्तान दीपिका रासंगिका र थरंगाले २/२ रन जोडिन ।नेपालकी कविता कुँवर र सनम राईले २/२ विकेट लिइन् । अश्मविना कर्माचार्यले १ विकेट झारिन् ।
     
    समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले ३ खेलमा ६ अंक जोडेको छ । नेपालले अन्तिम खेलमा भोलि हङकङसँग खेल्नेछ।


    सोमवार, आषाढ ६ २०७९१२:३२:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij