Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बजेटका तीन वटै आश्रित विधेयक प्रतिनिधि सभाबाट पारित

बजेटका तीन वटै आश्रित विधेयक प्रतिनिधि सभाबाट पारित

  • सोमवार, आषाढ ६ २०७९

  • 688
    SHARES

  • बजेटका तीन वटै आश्रित विधेयक प्रतिनिधि सभाबाट पारित
    काठमाडौं । बजेटसँग सम्बन्धित तीन वटै आश्रित विधेयक पारित भएका छन्। 
     
    करका दर समेटिएको आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत पच्चीसौं संशोधन विधेयक प्रतिनिधि सभाको बहुमतले पारित गरेको हो। 
     
    विधेयक पारित गर्नु अघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभा बैठक बहिष्कार गरेको थियो।
     
    नेकपा एमालेले प्रतिनिधि सभामा बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिमार्फत् करका दरहरू परिवर्तन गरिएको आरोप लगाउँदै अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनको माग गर्दै आएको छ।
     
    एमालेले बजेट निर्माणको गोपनीयता भङ्ग गरिएकाले अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने माग गर्दै आएको छ। 
     
    प्रमुख प्रतिपक्षी दल एमालेको अनुपस्थितिमा सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको बैठक सञ्चालन गरेका थिए। प्रतिनिधि सभाले यसअघि नै बजेट अर्थात् विनियोजन विधेयक पारित गरिसकेको छ।
     


    सोमवार, आषाढ ६ २०७९०७:०५:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij