Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

जयपृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित, यी हुन् मन्त्रिपरिषद्का ७ निर्णय

जयपृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित, यी हुन् मन्त्रिपरिषद्का ७ निर्णय

  • मंगलवार, आषाढ ७ २०७९

  • 1.1K
    SHARES

  • जयपृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित, यी हुन् मन्त्रिपरिषद्का ७ निर्णय

    काठमाडौं । सरकारले जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो।

    नेपालका शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पुर्‍याएको योगदानको कदर स्वरूप उनलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा कार्कीले जानकारी दिनुभयो ।

    यस्तै विनोद प्रताप सिंहलाई सचिवमा बढुवा गर्ने, नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई वायुसेवा ऐन अनुरूप निलम्बन गरी जाँचबुझको काम अघि बढाउने, कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणका लागि बन क्षेत्र प्रयोग गर्ने दिने, राससको अध्यक्षमा धर्मेन्द्र झालाई नियुक्ति गर्ने निर्णय पनि बैठकले गरेको मन्त्री कार्कीले जानकारी दिनुभयो ।

    mantriparisadh.PNG


    मंगलवार, आषाढ ७ २०७९१२:०२:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij