Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप : नेपाल हङकङसँग भिड्दै

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप : नेपाल हङकङसँग भिड्दै

  • मंगलवार, आषाढ ७ २०७९

  • 542
    SHARES

  • एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप : नेपाल हङकङसँग भिड्दै

    काठमाडौं । मलेसियामा जारी एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले मंगलबार(आज) हङकङसँग प्रतिस्पर्धा गर्दै छ ।

    किनरारा ओभलमा नेपालले चौथो खेलमा हङकङको सामना गर्न लागेको हो । नेपाल र हङकङबीचको खेल दिउँसो १२ः०० बजे सुरु हुनेछ ।

    हङकङविरुद्ध मैदान उत्रँदा नेपाल लगातार चौथो जितको खोजीमा हुनेछ । यस्तै नेपाल समूह विजेता बन्न चाहन्छ । नेपाल यस अघि नै सेमिफाइनल पुगिसकेको छ ।

    समूह ’बी’ मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले ३ खेलमा ६ अंक जोडेको छ । २ खेलमा ४ अंक जोडेर हङकङ दोस्रो स्थानमा रहेको छ ।

    यस अघि नेपालले भुटानलाई ५० रन , कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले हराएको थियो ।

    च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

    च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोली महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन् ।


    मंगलवार, आषाढ ७ २०७९१२:०६:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij