Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

नेपालद्वारा हङकङसामु ११० रनको लक्ष्य प्रस्तुत 

नेपालद्वारा हङकङसामु ११० रनको लक्ष्य प्रस्तुत 

  • मंगलवार, आषाढ ७ २०७९

  • 372
    SHARES

  • नेपालद्वारा हङकङसामु ११० रनको लक्ष्य प्रस्तुत 
    काठमाडौं । एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपमा नेपालले हङकङलाई जितका लागि १ सय १० रनको लक्ष्य दिएको छ ।
     
    मलेसियाको किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९ रन बनायो ।
     
    नेपालका लागि कप्तान रुबिना क्षेत्रीले अविजित रहँदै ३२ रनको योगदान गरिन् । अप्सरी बेगमले अविजित २२ रन बनाइन् ।
     
    यस्तै बिन्दु रावलले २३ रन जोड्दा सीता मगरले ९ रन जोडिन् । ममता चौधरी ७, कविता जोशी ४, काजल श्रेष्ठ १ र इन्दु वर्मा शून्य रनमा आउट भइन् ।
     
    हङकङकी बेट्टी चानले २ तथा मार्याम बीबी र एलिसा हब्बार्डले १–१ विकेट लिए ।
     
    आज नेपाल हङकङलाई हराएर लगातार चौथो जितको योजनामा रहेको छ । यस्तै नेपाल समूह विजेता बन्न चाहन्छ । नेपाल यस अघि नै सेमिफाइनल पुगिसकेको छ ।
     
    समूह ‘बी'  मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले ३ खेलमा ६ अङ्क जोडेको छ ।
     
    २ खेलमा ४  अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ ।
     
    यस अघि नेपालले भुटानलाई ५० रन , कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले हराएको थियो ।
     
    च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
     
    समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
     
    च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।


    मंगलवार, आषाढ ७ २०७९०१:३८:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij