Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

जनता महंगीको मारमा, मन्त्रीको ढुलमुले जवाफ

जनता महंगीको मारमा, मन्त्रीको ढुलमुले जवाफ

  • मंगलवार, आषाढ ७ २०७९

  • 688
    SHARES

  • जनता महंगीको मारमा, मन्त्रीको ढुलमुले जवाफ
    काठमाडैं । दैनिक उपभोग्य सामाग्रीको मूल्यवृद्धिले जनता मारमा परेमा छन् । विशेष गरी ज्याला मजदुरी गरेर खाने वर्ग थप पीडामा परेको छ । हिजो मूल्यवृद्धिविरुद्ध चर्को आन्दोलन गर्ने विद्यार्थीहरू अहिले निरीह भएका छन् । 
     
    सामान्य ज्ञापनपत्र बुझाएर जनताका आँखामा छारो हाल्न पल्केका विद्यार्थी संगठनहरुले मूल्यवृद्धि चर्किँदा पनि कानमा तेल हालेर सुतेका छन् । आजको प्रतिनिधिसभामा पनि सांसदहरूले मूल्यवृद्धिको विरोध गरे, तर संसदमा बोलेका विषयहरू पनि कार्यान्वयन हुने त परै जाओस् उल्टै खण्डन र बचाउ गर्ने प्रवृत्ति हाबी भएको छ । आजको प्रतिनिधिसभामा बोल्दै सांसद विमला बिकले जनता महंगीको चपेटामा परेकोले उनीहरूको जीवन रक्षामा सरकार लाग्नुपर्ने बताउनुभयो । 
     
    मंहगी र मूल्यवृद्धिले जनताको दैनिकी कष्टकर भएकोले यसको विकल्प खोज्नुपर्ने बताउँदै सांसद डा. डिला संग्रौलाले मूल्यवृद्धि ह्वात्तै हुने घटाउँदा किन कम भन्दै मन्त्रीलाई प्रश्न गर्नुभयो । 
     
    जनताको थाल रित्तिएको बताउँदै सांसद माया न्यौपानेले अब थाल लगेर टुँडिखेलमा जाने भन्दै आक्रोश व्यक्त गर्नुभयो । 
     
    रुस–युक्रेन युद्धको फाइदा उठाउँदै धेरै मुलुकले सस्तोमा तेल खरिद गरेको भन्दै सांसद योेगेश भट्टराईले नेपालले त्यहाँबाट किन नकिन्ने भन्दै प्रश्न गर्नुभयो । सरकारले इन्धनमा लिने कर घटाउने तयारी बारे पनि भट्टराईले जिज्ञासा राख्नुभएको थियो । 
     
    दैलेखमा रहेको इन्धनको खानीलाई संरक्षण र उत्खननको काम के भइरहेको छ भन्दै सांसद डा. भीम रावलले सस्तो बजारबाट तेल ल्याउने कुराको मन्त्रीसँग जवाफ माग 
     
    यता, उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णुप्रसाद तिमिल्सिनाले महंगीको चौतर्फी आवाज उठ्दा पनि सरकार संवेदनशील नभएकोले आफूहरू सडकमा आउन बाध्य हुनुपर्ने बताउनुभयो । 
     
    प्रतिनिधिसभामा उठेका सबै प्रश्नको जवाफ दिँदै उद्योग मन्त्री दिलेन्द्र बडूले जनतामाथि परेको पीरमर्कामा सरकार संवेदनशील रहेको बताउनुभयो । खास गरी विपन्न वर्ग थप पीडामा परेको भन्दै मन्त्री बडुले यसको विकल्प खोजिनुपर्ने धारणा व्यक्त गर्नुभयो । 
     
    इन्धनको मूल्यमा भारी वृद्धि हुँदा दैनिक उपभोग्य सामानको भाउ आकासिएको छ । महंगीले कतिपय नागरिक सहर छोड्न बाध्य भइरहेका छन् उता सरकार भने  रुस–युक्रेन युद्ध देखाउँदै सुतेको भान भएको छ । 
     


    मंगलवार, आषाढ ७ २०७९०८:२४:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij