Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सत्ता गठबन्धनको बैठक बस्दै, होला त मन्त्री हेरफेरको निर्णय ?

सत्ता गठबन्धनको बैठक बस्दै, होला त मन्त्री हेरफेरको निर्णय ?

  • बुधवार, आषाढ ८ २०७९

  • 670
    SHARES

  • सत्ता गठबन्धनको बैठक बस्दै, होला त मन्त्री हेरफेरको निर्णय ?

    काठमाडौं । सत्ता गठबन्धनको बैठक बुधबार(आज) बस्दै छ । दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । नेपाली कांग्रेसका एक नेताका अनुसार मन्त्री हेरफेरका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । बैठकमा सरकारमा सहभागी काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष नेता सहभागी हुने छन् । बैठकमा राष्ट्रिय जनमोर्चालाई बोलाइएको छैन ।

    बजेट पारित भएपछि सत्ता गठबन्धन मन्त्री हेरफेरको तयारीमा जुटेको हो । एकीकृत समाजवादीले जेठ २२ मै आफ्नो सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरिसकेको थियो । साथै उसले नयाँ मन्त्रीका रुपमा नेताहरूको नाम समेत टुङ्ग्याइसकेको छ ।

    यसले काँग्रेस, माओवादी र जसपामा पनि मन्त्री हेरफेरको दबाब बढेपछि शीर्ष नेताबीच आज छलफल हुन लागेको बुझिएको छ ।


    बुधवार, आषाढ ८ २०७९१२:२४:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij