Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

स्वच्छ ऊर्जाको उपभोग बढाउनेबारे नीतिगत प्रबन्ध गर्न संसदीय समितिको निर्देशन

स्वच्छ ऊर्जाको उपभोग बढाउनेबारे नीतिगत प्रबन्ध गर्न संसदीय समितिको निर्देशन

  • बुधवार, आषाढ ८ २०७९

  • 581
    SHARES

  • स्वच्छ ऊर्जाको उपभोग बढाउनेबारे नीतिगत प्रबन्ध गर्न संसदीय समितिको निर्देशन
    काठमाडौं । संसदीय समितिले पेट्रोलियम पदार्थको खपत कम गरी स्वच्छ ऊर्जाको उपभोग बढाउने बारे नीतिगत प्रबन्ध गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद् राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बुधबार(आज) सिंहदरबारमा बसेको बैठकले विद्युतीय सवारी साधन शौर्यबत्ति, शौर्य पानी तताउने मेसिन, विद्युतीय चुलोजस्ता पेट्रोलियम पदार्थको खपत प्रतिस्थापन गर्ने उपकरणहरूको प्रयोगलाई प्रोत्साहन गर्ने गरी आवश्यक नीतिगत प्रबन्ध गर्न ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयलाई समिति निर्देशन दिएको हो ।
     
    बैठकले वर्तमान अवस्थामा खनिज इन्धनमा बढ्दै गएको उच्च मूल्यका कारण सर्वसाधारणको जीविकोपार्जनमा ठुलो प्रभाव पारेको तथा समग्रमा मुलुकको अर्थतन्त्रमा पनि दीर्घकालीन असर पर्ने भएकाले वैकल्पिक ऊर्जाको उपलब्धता र सम्भावना बारे अध्ययन गर्न पनि निर्देशन दिएको छ । वैकल्पिक ऊर्जाबारे विषय विज्ञ र सरोकारवालाहरू सँगको छलफलपछि समितिले पेट्रोलियम पदार्थको खपत कम गरी स्वच्छ ऊर्जाको उपभोग बढाउने सम्बन्धमा ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयलाई ३ महिनाभित्र कार्यक्रमसहितको रोडम्याप बनाइ उपलब्ध गराउन पनि निर्देशन दिएको हो ।
     
    ज्येष्ठ सदस्यको हैसियतले समितिको सभापतित्व गरेका वामदेव गौतमले सीमावर्ती भारतीय बजारमा इन्धनको तस्करी भइरहेको भन्ने सम्बन्धमा जनगुनासो आएकोले सोबारे तत्काल अध्ययन र छानबिन गर्न नेपाल आयल निगमलाई निर्देशन दिनुभयो ।
     
    साथै समितिले खनिज इन्धनको प्रयोगका कारण वातावरणमा पनि प्रतिकुल असर परेको अवस्थामा पेट्रोलियम पदार्थको खपत कम गर्न र स्वच्छ ऊर्जाको उपभोग बढाउन नेपाल सरकार, ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयलाई ३ महिनाभित्र कार्यक्रमसहितको रोडम्याप बनाइ समितिमा उपलब्ध गराउन भनेको छ ।
     


    बुधवार, आषाढ ८ २०७९०२:४८:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij