Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माओवादीको छलाङ देखेर कोही आत्तिएका छन् : प्रचण्ड

माओवादीको छलाङ देखेर कोही आत्तिएका छन् : प्रचण्ड

  • बिहिवार, आषाढ ९ २०७९

  • 514
    SHARES

  • माओवादीको छलाङ देखेर कोही आत्तिएका छन् : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी प्रदेश र संघको चुनावमा कम्युनिष्ट दलमध्ये माओवादी पहिलो शक्ति हुने सम्भावना रहेको बताउनुभएको छ । स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै प्रचण्डले लेफ्ट भित्रको पहिलो शक्ति हुनबाट कसैले रोक्न नसक्ने ठोकुवा गर्नुभयो ।

    लेफ्ट भित्रको पहिलो शक्तिमा बदल्न सबैले आ–आफ्नो क्षेत्रबाट मेहनत गर्नुपर्ने प्रचण्डले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले यो ४÷५ महिना दुःख गरेर संगठन बनाएर जनताको घर–घरमा पुगेर टोल टोलमा पुगेर काम गरौँ । प्रचार प्रसार संगठन सुदृढीकरणमा लागौं । मैले के देखेको छु भने आउने चुनावमा देशको दोस्रो पार्टी लेफ्ट भित्रबाट पहिलो हुने सम्भावना देखेको छुँ’ प्रचण्डले भने, ‘२०६४ सालमा धेरै ठाउँमा हामीले जितेको हो ।

    माओवादी केन्द्रले जनताको भावना अनुसार काम गरेको बताउँदै प्रचण्डले ससाना हल्लाका पछि नलाग्न कार्यकर्तालाई सुझाव दिनुभयो । माओवादीको छलाङ देखेर केही दल आत्तिएको उहाँको दाबी थियो ।

     


    बिहिवार, आषाढ ९ २०७९०३:०१:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij