Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

अध्यक्ष नेपालको गलपासो मन्त्री आले, भित्रभित्रै यतिसम्मको फण्डा !

अध्यक्ष नेपालको गलपासो मन्त्री आले, भित्रभित्रै यतिसम्मको फण्डा !

  • बिहिवार, आषाढ ९ २०७९

  • 1.1K
    SHARES

  • अध्यक्ष नेपालको गलपासो मन्त्री आले, भित्रभित्रै यतिसम्मको फण्डा !

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले गरेको मन्त्री हेरफेरको निर्णय उसैका लागि गलपासो भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्णय कार्यान्वयन नगर्दा र आफ्नै पार्टीका मन्त्रीले निर्णयको अवज्ञा गर्दा अध्यक्ष माधवकुमार नेपाल दबाबमा पर्नुभएको छ ।

    पार्टीका सम्मानित नेता झलनाथ खनालले मन्त्री फेरबदल चाँडो हुनुपर्ने बताउँदै आउनुभएको छ भने बहालवाला मन्त्री विभिन्न बाहाना मन्त्री छोड्न तयार छैनन् । यतिसम्मकी केही मन्त्रीले आफू छोड्नुपूर्व आफूले सिफारिस गरेको व्यक्ति मन्त्री हुनुपर्ने अड्डी कसिरहेको स्रोतको भनाइ छ । पार्टीको निर्णय नमान्दा कारबाही गर्ने प्रावधान भएपनि भर्खरै स्थापना भएको नेकपा एसलाई त्यो चुनौति देखिएको छ ।

    मन्त्रीमा गएका केही व्यक्तिहरु पार्टी बनाउन भन्दा पनि आफ्नो स्वार्थ र पदको बार्गेनिङ गरेर आएकोले अध्यक्ष नेपाल नैतिक संकटमा परेका छन् । मन्त्री छोड्न नमान्नेमा कृष्णकुमार श्रेष्ठ, प्रेम आले प्रमुख रहेको र उनीहरुले अरुलाई उचालिरहेको नेकपा एसका एक नेताले नेपाली नेटवर्कलाई बताए ।

    विरोध खतिवडा र रामकुमारी झाँक्री पनि केही समय पद लम्ब्याउने खेलमा लागेको स्रोत बताउँछ । काम अधूरो रहेको देखाउँदै उनीहरु मन्त्री पद छोड्ने मूडमा छैनन्, बलजफ्ती नयाँ मन्त्री पठाउने सामथ्र्य नेपालले राख्दैनन् । आलेलाई अध्यक्ष नेपालले खासै प्रेसर दिन नसक्ने केही नेताहरु बताउँछन् । पार्टी स्थापनाको बेला आलेले नै केही सांसद लिएर आएका थिए ।

    पार्टी अध्यक्ष नेपाललाई आलेले आफू अनुकुल प्रयोग गर्ने गरेको आरोप लाग्ने गरेको छ । केही समय अघि सुदूरपश्चिममा गएका अध्यक्ष नेपाल र आलेले कसैलाई जानकारी दिएका थिएनन् । पार्टीको अध्यक्ष सुदूरपश्चिमस्थित डोटीको बडिकेदार पुग्दा समेत कमिटीलाई जानकारी नभएपछि चर्काचर्की नै परेको थियो । 

    बहालवाला मन्त्री पदमा टाँसिदा पार्टी निर्माणमा योगदान पुर्याएका अन्य नेताहरु ओझेलमा परेका छन् ।


    बिहिवार, आषाढ ९ २०७९०५:१७:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij