काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले बलियो टोली युएईको सँग प्रतिष्पर्धा गर्दै छ ।
नेपाल समूह बीको उप बिजेता बन्दा युएई समूह एको बिजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
नेपाल र युएई बीचको खेल नेपाली समय अनुसार विहान सवा ८ बजे सुरु हुने छ । नेपालले समूह चरणका ३ खेल जित्दा अन्तिम खेलमा हङकङसँग पराजित भएको थियो ।
मलेसियाको किनरारा ओभलमा बुधबार अन्तिम लिग खेलमा कतारलाई हराउँदै युएई समूह विजेता बन्दै अन्तिम चारमा पुगेको हो ।
युएईले ४ खेलमा ७ अंक जोड्यो । मलेसिया ६ अंक जोडेर समूह उपविजेता बन्यो । अर्को सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ ।
च्याम्पियनसिपको फाइनल भोलि शनिबार हुनेछ । फाइनल खेल्ने दुई टोलीले महिला टी–२० एसिया कप क्रिकेटमा छनोट हुनेछ ।
।