Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अटेर मन्त्रीलाई खनालको प्रश्न, कुन संस्थाले निर्णय गरेर मन्त्री बन्नुुभएको हो ?

अटेर मन्त्रीलाई खनालको प्रश्न, कुन संस्थाले निर्णय गरेर मन्त्री बन्नुुभएको हो ?

  • शुक्रवार, आषाढ १० २०७९

  • 1.2K
    SHARES

  • अटेर मन्त्रीलाई खनालको प्रश्न, कुन संस्थाले निर्णय गरेर मन्त्री बन्नुुभएको हो ?

    काठमाडौं । नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीले गरेका निर्णय कार्यान्वयन गर्न समस्या देखिएको बताउनु भएको छ ।

    पार्टीले गरेको निर्णय कार्यान्वयन भएन भने तल्लो तहसम्म ठुलो प्रश्न उठ्ने उहाँको भनाइ छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषी धमलासंग कुरा गर्दै सम्मानित नेता खनालले फर्किन अटेर गरेका आफ्ना पार्टीका मन्त्रीहरुलाई कुन संस्थाले निर्णय गरेर मन्त्री वन्नुभएको हो ? भनेर प्रश्न गर्नुभएको छ ।

    ‘उहाँहरुलाई ६ महिनाकै लागि भनेर पठाएको हो ६ महिना अघिको सूचनालाई पूर्व सूचना भएन भन्न मिल्छ ?’ खनालको प्रश्न छ ।
    खनालले सचिवालयले निर्णय गरेर मन्त्री वनाउदा मन्त्री पद खान हुने अहिले सचिवालयको फिर्ता गर्ने निर्णय नमान्नु अनौठो भएको बताउनुभयो ।
    मन्त्री हेरफेर कार्यान्वयन गर्न प्रधानमन्त्री शेरवहादुर देउवा गम्भीर हुनुपर्नेमा त्यसो नहुनु आफ्नो पार्टीप्रतिको अपमान भएको खनालकोे तर्क छ ।

    बहालवाला मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने एकीकृत समाजवादीको सचिवालय बैठकको निर्णय तिन हप्ता पुग्दासम्म पनि कार्यान्वयन हुनसकेको छैन ।

     


    शुक्रवार, आषाढ १० २०७९०८:२३:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij