Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

रवि लामिछाने नेतृत्वको पार्टीले पत्रकार सम्मेलन गर्दै

रवि लामिछाने नेतृत्वको पार्टीले पत्रकार सम्मेलन गर्दै

  • शुक्रवार, आषाढ १० २०७९

  • 1.1K
    SHARES

  • रवि लामिछाने नेतृत्वको पार्टीले पत्रकार सम्मेलन गर्दै

    काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी प्रवक्ता मुकुन्द ढकालका अनुसार आज दिउँसो ४ बजे रिपोर्टर्स क्लबमा स्वतन्त्र पार्टीको पहिलो पत्रकार सम्मेलन तय भएको हो ।

    लामिछानेले असार ७ मा मात्र नयाँ दलको घोषणा गर्नुभएको हो । ढकालका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीमा सभापति र प्रवक्ता मात्र रहने छन् । २१ सदस्यीय तदर्थ समितिका सदस्यहरुको नाम आज सार्वजनिक गर्ने तयारी छ ।

    असार ७ मै निर्वाचन आयोगमा लामिछाने लगायतले दल दर्ताका लागि निवेदन दिएका थिए। उक्त दल दर्ता हुन भने बाँकी नै छ । पार्टीको नाम स्वतन्त्र राखिएकामा चौतर्फी आलोचना भइरहेको छ । यसबारे पत्रकार सम्मेलनमा थप प्रष्ट पारिने बताइएको छ ।

     


    शुक्रवार, आषाढ १० २०७९०९:१४:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij